०६ साउन २०८३, बुधबार

पछिल्लो २४ घन्टामा २ हजार ५५९ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु

बैशाख १०, २०७८
पछिल्लो २४ घन्टामा २ हजार ५५९ जनामा कोरोना पुष्टि, ५ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

९ हजार ६ सय ६४ पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा २ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ९८ पीसीआर र ८ सय ६६ एन्टीजेन परीक्षण गरिएको छ । 

जसमध्ये पीसीआर परीक्षणका क्रममा २ हजार ४ सय ४९ जनामा र एन्टीजेन परीक्षणबाट १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । 

जसमध्ये २ लाख ७६ हजार ७ सय ५५ जना संक्रमित उपचारपछि निको भएका छन् । शुक्रवार मात्रै ४ सय १० संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

यस दिन ५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्