२४ जेठ २०८३, आइतबार

हुम्लामा हप्ता दिनपछि इन्टरनेट सेवा सञ्चालनमा

बैशाख १०, २०७८
हुम्लामा हप्ता दिनपछि इन्टरनेट सेवा सञ्चालनमा
प्रतिकात्मक तस्वीर

हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा १ हप्तादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा शुक्रवार दिउँसोबाट सञ्चालनमा आएको छ ।

कालीकोटको महाबुलेखमा रहेको रिपिटर टावरमा खराबी आउँदा अवरुद्ध बनेको इन्टरनेट सेवा मर्मतपछि शुक्रवार अपराह्न ३ः०० बजेदेखि सञ्चालनमा आएको हो । 

गत शनिवार बेलुकादेखि अवरुद्ध बनेको इन्टरनेट सेवा शुक्रवारबाट सञ्चालनमा आउँदा जिल्लामा सञ्चालित १ दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई सहज भएको छ ।

महाबुलेखमा प्राविधिक टोली पुगेर रिपिटर टावरमा बिग्रेको सामान काठामाडौंबाट ल्याएर जडान गरेपश्चात शुक्रवारबाट इन्टरनेट सेवा सञ्चालनमा आएको दूरसञ्चार प्राधिकरण कार्यालय सिमकोटका उब्जन शाहीले जानकारी दिए ।

शुक्रवार बिहान प्राविधिकको टोली महाबुलेख पुगी मर्मत गरेर इन्टरनेट सेवा सञ्चालन हुँदा जिल्लाका सञ्चारमाध्यमदेखि अन्य सेवाग्राहीलाई सहज भएको छ । इन्टरनेट नहुँदा राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाको कारोबार समेत हप्ता दिनदेखि ठप्प थियो ।

salt training

कमेन्ट गर्नुहोस्