०८ असार २०८३, सोमबार

पाँच वर्षमा पनि ‘गणतन्त्र स्मारक’ निर्माण सकिएन्

कात्तिक २०, २०७४
पाँच वर्षमा पनि ‘गणतन्त्र स्मारक’ निर्माण सकिएन्

काठमाडौँ, १५ जेठ– नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन ।

सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चर ९विकोइ विल्डर्स’ प्रालि, स्काइ विल्डर्स प्रालि र बङ्गलामुखी कन्स्टक्सन प्रालि०लाई तीन वर्षमा स्मारक निर्माण गर्ने जिम्मा दिइए पनि पाँच वर्ष बितिसक्दा समेत निर्माण कार्य नसकिएको हो ।

पैतीस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारकका लागि सुरुमा सरकारले रु ३५ करोड छुट्याए पनि खर्च अपुग भएका कारण पछि थप रु पाँच करोड थपिदिएको थियो ।

कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले सरकारले निर्णय गरेर काम अगाडि बढाउन जिम्मा दिए पनि भूकम्प र नाकाबन्दीका कारण ढिला भएको बताए। ‘काम अन्तिम चरणमा पुगेको छ, स्मारकमा राख्न हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने नेपालको नक्सा नआइसकेकाले काम ढिला भएको छ,’ उनले भने ।

स्मारकभित्र द्वन्द्वकालमा मारिएका सहिद, राज्यबाट बेपत्ता पारिएका, घाइते भएका र हराएका व्यक्तिको सम्झनामा छुट्टाछुट्टै स्तम्भ निर्माण गरिएको छ ।

स्मारक निर्माण गर्न सुरुको दिनमा दैनिक १५० कामदारले काम गरे पनि पछिल्लो समय ५० जनाले मात्र काम गर्दै आइरहेका छन् । निर्देशक श्रेष्ठले गणतन्त्र दिवसको दिनमा उद्घाटन गर्ने कार्यक्रम राखे पनि नेपालको नक्सा नबनेकाले केही महिना ढिला भएको बताए । अब चाँडै नै उद्घाटन हुने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्