०३ असार २०८३, बुधबार

शरीरमा अक्सिजनको कमी हुँदा तत्काल के गर्ने ? यसो भन्छन् चिकित्सक

असार २६, २०७८
शरीरमा अक्सिजनको कमी हुँदा तत्काल के गर्ने ? यसो भन्छन् चिकित्सक

कोरोना संक्रमण ह्वात्तै बढिरहेको बेलामा अक्सिजनको कमीका कारण धेरैले ज्यान गुमाइरहेका छन् । 

यस्तो अवस्थामा चिकित्सकहरू प्रोनिङ अर्थात् पेट थिचेर घोप्टो पर्ने विधि अपनाउने सुझाव दिइरहेका छन् । 

सघन उपचार कक्षमा अत्याधुनिक भेन्टिलेटरमा घोप्टो परी पल्टेका रोगीहरू देखिन थालेका छन् । 

सास फेर्न समस्या हुने रोगीहरूलाई यसरी घोप्टो पर्दा फाइदा हुने देखिन्छ । 

यसरी पल्टिँदा फोक्सोमा बढी अक्सिजन पुग्छ । तर यस विधिको पनि आफ्नै जोखिमहरू छन् । 
 

रोगीहरूलाई यसै पोजिसनमा कैयौं घन्टासम्म राखिन्छ । यसो गर्दा फोक्सोमा जमेको तरल पदार्थ बग्न पाउँछ र रोगीलाई सास फेर्न सहज हुन्छ । 

जोन हप्किन्स विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर तथा फोक्सो विशेषत्र पानागिस गालियातस्तोसले भने, ‘मानिसको फोक्सोको भारी भाग ढाडतिर हुन्छ । त्यसैले ढाड तल पारेर सुत्दा फोक्सोमा बढी अक्सिजन पुग्न पाउँदैन ।’

तर घोप्टो परेर सुत्दा फोक्सोमा पर्याप्त अक्सिजन पुग्छ र त्यसका सबै भागले काम गर्न थाल्छन् ।

डा गालियातस्तोसले भने, ‘यो विधि अपनाउँदा कैयौं रोगीलाई लाभ भएको हामीले पायौं ।’

श्वासप्रश्वासमा निकै समस्या भएका कोभिड रोगीहरूका लागि मार्च महिनामा विश्व स्वास्थ्य संगठनले १२ देखि १६ घन्टासम्म घोप्टो पर्ने विधिको सिफारिश गरेको थियो । 

यो विधि बालबालिकामा पनि उपयोगी हुने तर यसलाई सुरक्षित रूपमा गराउनका लागि प्रशिक्षित मानिस आवश्यक पर्ने संगठनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्