२८ असार २०८३, आइतबार

लागूऔषध ओसारपसारका लागि परेवाको प्रयोग, तरिका सुन्दा छक्क परिन्छ

कात्तिक २०, २०७४
लागूऔषध ओसारपसारका लागि परेवाको प्रयोग, तरिका सुन्दा छक्क परिन्छ

पहिलेको जमानामा एक ठाउँबाट अर्को ठाउँमा चिट्ठीपत्र पु–याउनका लागि परेवाको प्रयोग गरिन्थ्यो । त्यतिखेर प्रविधि नभएकाले यो एक बाध्यता पनि थियो ।


अहिले आएर चाहिँ परेवाको प्रयोग अपराधका लागि पनि हुन थालेको छ । हालै कुवेतका अधिकारीहरूले इराकबाट आएका परेवाहरू पक्राउ गरेका थिए । परेवाको काँधमा लागूऔषध पो राखिएको पाइयो ।

बिचरो परेवालाई अपराध गरिरहेछु भन्ने के थाहा ? ऊ त सिधै कुवेतको भन्सार विभागमाथि उडिरहेको बेलामा पक्राउ प–यो ।

परेवाको ढाडमा हातैले सिइएको एउटा ब्याकप्याक टाँसिएको थियो र त्यसमा १७८ वटा लागूऔषध थियो । इराकबाट कुवेत आउँदैथियो यो लागूऔषध ।

परेवाले आफ्नो शरीरको तौलभन्दा दश प्रतिशत बढी तौल उठाउन सक्छ र एकैचोटिमा १५० किलोमिटर उड्न सक्छ ।

परेवाहरू लागूऔषध ओसारपसारका लागि खुबै प्रयोग गर्न थालिएका छन् किनकि उनीहरू तीव्र गतिमा उड्न सक्छन् र उनीहरूलाई पक्रन पनि गाह्रो हुन्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्