३२ असार २०८३, बिहीबार

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक साता लकडाउन, के गर्न पाइन्छ ? के पाईंदैन ? [हेर्नुहोस् पूर्णपाठ]

बैशाख १३, २०७८
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि एक साता लकडाउन, के गर्न पाइन्छ ? के पाईंदैन ? [हेर्नुहोस् पूर्णपाठ]

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख १६ गतेदेखि एक साताका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ ।

बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि जिल्लाभर लकडाउन घोषणा भएको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार हल, पार्टी प्यालेस लगायतलाई सञ्चालन गर्न रोक लगाएको छ । 

यस्तै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा बैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म रोक लगाएको छ । 

यही निर्णय ललितपुर र भक्तपुर जिल्लामा पनि लागू भएको छ । सोमबार उपत्यकाका तीनै जिल्लाका सीडीओहरूको बैठकपछि लकडाउनसम्बन्धी आदेश जारी भएको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्