
कोरोना भाइरस संक्रमणको रोकथामका लागि विभिन्न देशले कडा नियम बनाएका छन् । तर सबै देशमा ती नियमको पालना भइरहेको छैन ।
नेपाल लगायत कतिपय देशमा शासक प्रशासन चलाइरहेका प्रधानमन्त्री, मन्त्री र कर्मचारीबाटै सरकारी मापदण्ड उल्लंघन भएका गुनासा सुनिन्छन् । तर एउटा यस्तो देश छ, जहाँ मास्क नलगाउने प्रधानमन्त्रीलाई जरिवाना गरिएको छ ।
थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान ओशा मास्क नलगाई सार्वजनिक स्थानमा देखिएपछि १९० डलर अर्थात् झण्डै २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
बैंकका गभर्नरले कोरोना भाइरससँग सम्बन्धित मापदण्डको उल्लंघन गरेको अभियोगमा प्रधानमन्त्री प्रयुथमाथि जरिवाना गरिएको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि चिलीमा समेत राष्ट्रपतिलाई जरिवाना गरिएको थियो । नर्वेको पुलिसले समेत त्यहाँका प्रधानमन्त्रीलाई जरिवाना गरिसकेको छ ।