११ साउन २०८३, सोमबार

भरतपुरमा अब के हुन्छ ? यस्तो छ व्यवस्था

कात्तिक २०, २०७४
भरतपुरमा अब के हुन्छ ? यस्तो छ व्यवस्था

चितवन, १५ जेठ– भरतपुर महानगरपालिकाको मतगणना सकिनै लाग्दा मतपत्र च्यातिएको छ । जसका कारण आइतबार राति करिब १२ बजेदेखि मतगणना रोकिएको छ ।

मुख्य प्रतिस्पर्धामा रहेको नेकपा एमाले र माओवादी केन्द्रले एक अर्को पक्षलाई मतपत्र च्यातेको आरोप लगाइरहेका छन् ।

प्रहरीले भने मतगणना जारी भइरहेको अवस्थामा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको बताएको छ । प्रहरीले माओवादी केन्द्रका दुई र एमालेका एक जनालाई नियन्त्रणमा लिएको छ ।
मत गणना भइरहेको बेला आफू शौचालय गएको समयमा मतपत्र च्यातिएको प्रमुख निर्वाचन अधिकृतले जनाएका छन् । अहिले मतगणना स्थलमा तालालगाइएको छ ।

अब के हुन्छ ?

गणना भइरहेको अवस्थामा मतपत्र च्यातिएसँगै मत गणना रोकिएको छ । निर्वाचन अधिकृततले त्यहाँको वस्तुस्थिति बारेको जानकारी निर्वाचन आयोगमा पठाएका छन् । अहिले आयोग भरतपुर महानगरको १९ नम्बर वडाको विवादका बारेमा छलफल गरिरहेको छ ।

नेपाली कांग्रेसले भरतपुरको १९ नम्बर वडामा पुन मतदात गर्न विज्ञप्तीमार्फत माग गरेको छ भने नेकपा एमालेले मतगणना सुचारु गर्न माग गरेको छ । जसको अन्तिम फैसला निर्वाचन आयोगले गर्ने छ ।

के भन्छ कानून

स्थानीय तह निर्वाचन एन २०७३ मा यस बारे व्यवस्था गरिएको छ ।
४९.
मतगणना पूरा हुन अघि मतपत्र नोक्सन भएमाः (१)


मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानूनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावश नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्ने छ ।

२) उपदफा १) बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय यथाशिघ्र तोकी सूचना प्रकाशन गर्नेछ ।

५०.
मतगणनास्थलको अनधिकृत कव्जाः १) देहायका अवस्थामा मतगण्नास्थलको अनधिकृत कव्जा भएको मानिनेछ ः

क) कसैले बल प्रयोग गरी वा डर त्रास देखाइ वा धम्की दिई मतगणना स्थललाई आफ्नो कव्जामा लिइ मतगणनाको कार्यमा प्रभाव पारेमा,

ख) कसैले बल प्रयोग गरी वा नगरी मतगणना कार्यमा खटिएको निर्वाचन अधिकृत वा कर्मचारीलाई आफ्नो कर्तव्य पालन गर्न नदिएमा वा निजको जिम्मामा रहेको मतपत्र, मतपेटिका वा मतगणना सम्बन्धी अन्य सामाग्री खोसेमा वा अन्य यस्तै कार्य गरी मतगणनाको कार्य निष्पक्ष तथा स्वतन्त्र रुपमा सामान्य ढंगले सञ्चालन नहुने वा हुन नसक्ने गरी प्रभावित गरेमा, वा

ग) मतगणनको कार्यमा संलग्न रहेको कुनै व्यक्तिले खण्ड क) वा ख) बमोजिमको कार्य गरेमा वा त्यस्तो कार्य गर्न सहयोग पु-याएमा वा अनुमति दिएमा

२) उपदफा १) बमोजिम मतगणनास्थलको अनधिकृत कव्जा भएमा निर्वाचन अधिकृतले मतगणनाको कार्य तत्काल स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।

३) उफदा २) बमोजिम प्रतिवेदन प्राप्त भएमा आयोगले त्यस्तो घटनाको सम्बन्धमा कुनै जाँचबुझ गर्नु पर्ने ठह-याएमा आयोगको आयुक्त वा अनुगमन टोली खटाई जाँचबुझ गराउन सक्नेछ ।

४) आयोगले उपदफा २) बमोजिमको प्रतिवेदनको आधारमा वा उपदफा ३) बमोजिम जाँचबुझ गर्न खटाइएको आयुक्त वा अनुगमन टोलीको प्रतिवेदनको आधारमा त्यस्तो मतगणनास्थल उपदफा १) बमोजिम अनधिकृत तवरले कव्जा भएको भन्ने ठह-याएमा त्यसरी कव्जाबाट असर परेको मतदान केन्द्रहरुको सम्पूर्ण मतपत्रहरु अवैध घोषित गरी मतदान रद्द गर्न सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्