१५ असार २०८३, सोमबार

पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा राखिएको छ : नर्भिक अस्पताल

बैशाख १४, २०७८
पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा राखिएको छ : नर्भिक अस्पताल

कोरोना भाइरस संक्रमण देखिएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहलाई अक्सिजनको सहायतामा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अक्सिजनको सपोर्टमा राखिएको जनाएको छ ।

‘उहाँहरू शनिवार (वैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । कोरोनाबाट संक्रमितहरूमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

अस्पताल भर्ना भएकी पूर्व राजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ ।

‘उहाँहरू तीनै जनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उहाँहरू तीनै जनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।’

salt training

कमेन्ट गर्नुहोस्