२१ असार २०८३, आइतबार

खुकुलो मौद्रिक नीतिलाई थप निरन्तरता दिने गभर्नर अधिकारीको भनाइ, राहतमा निरन्तरता

बैशाख १४, २०७८
खुकुलो मौद्रिक नीतिलाई थप निरन्तरता दिने गभर्नर अधिकारीको भनाइ, राहतमा निरन्तरता

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले  कोभिड–१९ का कारण लिएको खुकुलो मौद्रिक नीतिलाई थप निरन्तरता दिने बताएका छन् ।

केन्द्रीय बैकको ६६औं वार्षिक उत्सवको अवसरमा भर्चुअल माध्यमबाट मन्तव्य राख्दै  गभर्नर अधिकारीले दोस्रो चरणको कोभिड राहतको रुपमा निरन्तरता दिने बताएका हुन् ।

‘कोभिड-१९ ले सिर्जना गरेको असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर-परम्परागत, लचिलो एवम् सहजीकरण सहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्यमाथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदान गरिने छ,’ उनले भने ।

कोभिड १९ को संक्रमणका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको उनको भनाइ थियो ।

यस्तो छ गभर्नर अधिकारीको मन्तव्यको पूर्णपाठ

salt training

कमेन्ट गर्नुहोस्