११ साउन २०८३, सोमबार

सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बैशाख १४, २०७८
सबै अस्पताललाई बहिरङ्ग सेवा स्थगन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले मंगलवार सबै अस्पताललाई पत्र लेख्दै कोभिड–१९ को दोस्रो लहर बढेकाले उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सञ्चालन राख्न भनिएको जानकारी दिए । मंगलवार एकैदिन ४ हजार ५२४ जना कोरोना संक्रमित भएको र १८ जनाको निधन भएको छ । 

उनले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्न समेत निर्देशन दिएको बताए ।

मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न भनिएको छ । 

मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए ६ महिना करारमा लिन समेत भनिएको छ । मन्त्रालयले सघन उपचार कक्ष (आईसीयू) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्न समेत सबै अस्पताललाई निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्