
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ घूससहित पक्राउ परेका छन् ।
दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि उनले घूस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई २५ हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो ।
घूस लिइसकेको अवस्थामा उनलाई निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।