
कर्णाली प्रदेश सरकारमा थपिएका नयाँ ३ जना मन्त्रीलाई आज बुधवार दिउँसो १ बजे शपथ गराइँदैछ ।
नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो १ बजे तय भएको कर्णाली प्रदेश प्रमुखको कार्यालयलाई उदृत गर्दै मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।
स्रोतका अनुसार नेकपा एमालेले सांसद पदबाट कारवाही गरेसँगै मन्त्रीबाट पदमुक्त भएका ३ जनालाई शपथ गराउने कार्यक्रम रहेको छ । पार्टीको निर्णय विपरीत ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरेका सांसदलाई एमालेले कारवाही गरेको थियो ।
नवनियुक्त मन्त्रीमा कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा रहेका छन् । सांसद नभएपनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुसार नयाँ मन्त्री नियुक्त गरिएको छ ।