
भारतको आसाममा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जमिन चिरिएको छ ।
गुवाहिटीबाट १ सय ४० किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जमिनमा ठूल्ठूला चिरा परेको हो ।
चिरिएको जमिनको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
आरिएन नामक एक ट्वीटर ह्यान्डलमा पनि तस्वीर राखिएको छ, जसमा जमिनमा निकै ठूलो धाँजा फाटेको देख्न सकिन्छ ।