०८ असार २०८३, सोमबार

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

बैशाख १५, २०७८
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कम्तिमा ४ जना मन्त्री समावेश गरेर बुधवार नै शपथको तयारी भएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो । 

प्रतिनिधि सभा विघटनपछि सरकार छाडेका माओवादी मन्त्रीहरुको ठाउमा मुख्यमन्त्री पौडेलले नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । पुस ५ गते माओवादीका शालिकराम जम्मरकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र अर्का एक मन्त्री अरुण नेपालले राजीनामा दिएका थिए । 

चार महिना पछि मुख्यमन्त्री पौडेलले मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।

मुख्यमन्त्री पौडेलले केशव राज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

अन्य प्रदेशमा मुख्यमन्त्री कमजोर रहेपनि एमालेको स्पष्ट बहुमतका कारण बागमतीका मुख्यमन्त्री सुरक्षित छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्