१३ असार २०८३, शनिबार

आफ्नै पत्नीको हत्या गरेको अभियोगमा पक्राउ

बैशाख १५, २०७८
आफ्नै पत्नीको हत्या गरेको अभियोगमा पक्राउ

 आफ्नै पत्नी २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

 आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्