११ साउन २०८३, सोमबार

अविश्वास प्रस्ताव माथिको छलफल, आधा घण्टाका लागि स्थगित भयो प्रदेश सभा बैठक

बैशाख १५, २०७८
अविश्वास प्रस्ताव माथिको छलफल, आधा घण्टाका लागि स्थगित भयो प्रदेश सभा बैठक

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि प्रदेश सभामा बुधवार मत विभाजनको तयारी भएको छ ।

बुधवार दिउसो बसेको बैठकमा विभिन्न दलका सांसदहरुले छलफलमा भाग लिएका छन् ।

छलफल सकिएपछि मुख्यमन्त्री गुरुङले जवाफ दिने र अन्तिममा मत विभाजनमा लैजाने तयारी छ । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभाको बैठक साढे ४ बजेसम्मका लागि स्थगित गरेका छन् ।

प्रदेश सभाको बुधवारको बैठकमा जनमोर्चाका एक सांसद र स्वतन्त्र सांसद दीपक मनाङे उपस्थित छैनन् । जनमोर्चाका सांसद उपस्थित नभएमा अविश्वासको प्रस्ताव फेल हुने सम्भावना छ । 
 

salt training

कमेन्ट गर्नुहोस्