०६ साउन २०८३, बुधबार

निर्वाचनको मिति सरेपछि ११ कक्षाका विद्यार्थी मर्कामा, परीक्षा फेरि अनिश्चित

कात्तिक २०, २०७४
निर्वाचनको मिति सरेपछि ११ कक्षाका विद्यार्थी मर्कामा, परीक्षा फेरि अनिश्चित

काठमाडौं, १५ जेठ– सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सारेसँगै ११ कक्षा विद्यार्थीमा अन्यौलता छाएको छ ।

यसअघि पनि चुनावकै कारण दुईपटक मिति सारिएको ११ कक्षाको परीक्षा अब कहिले हुने हो भन्ने अन्यौलता बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले असार ८ गतेदेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर अब असार ९ गते दोस्रो चरणको स्थानीय तह निर्वाचन हुने भएपछि परीक्षा प्रभावित हुने भएको छ ।

निर्वाचन सारिएसँगै परीक्षा प्रभावित हुने भएपनि त्यसबारे कुनै निर्णय भने भएको छैन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३१ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति असार ९ गते गतेका लागि सारेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्