भारतको उत्तर प्रदेशमा रहेको नोयडामा एक आमाले कोरोनासंक्रमित छोरोको ज्यान बचाउनका लागि सीएमओ डा दीपक ओहरकिो कार्यालयमा बिन्तीभाउ गरेको कारुणिक भिडियो सार्वजनिक भएको छ ।
उनले ओहरीको गोडा समातेर छोरोको ज्यान बचाउन पुकारा गरेकी थिइन् । तर क्रूर सिस्टमले ती अभागी आमालाई २४ वर्षीय छोराबाट वञ्चित गराइछाड्यो ।
नोयडाको खोडा कोलोनीमा बस्ने रिंकी देवीको एक मात्र छोरो कोरोना संक्रमित भई सेक्टर ५१ मा रहेको अस्पतालमा उपचार गराइरहेका थिए । चिकित्सकहरूले रिंकीलाई रेमडेसिभिर सुई ल्याउन भने । त्यो सुई सेक्टर ३९ को सीएमओ कार्यालयमा पाइन्छ भन्ने उनले थाहा पाइन् ।
छोरोका ज्यान बचाउन आमा दौडिँदै सीएमओ कार्यालय पुगिन् । निकै बेर कुर्दा पनि सुई पाउन गाह्रो छ भन्ने थाहा पाएर रिंकी ओहरीकहाँ पुगिन् ।
सीएमओ ओहरीलाई देख्नेबित्तिकै रिंकीले उनको पाउमा छाँद हालिन् । सीएमओले उनको पुर्जा त लिए तर सुईको अभाव छ भन्दै दिएनन् । विवश आमा अपराह्न चार बजेसम्म सीएमओ कार्यालयमा प्रतीक्षा गरिरहिन् तर सुई उपलब्ध भएन । साढे ४ बजे अस्पताल पुग्दा छोरोको ज्यान गइसकेको रहेछ ।
दिल्ली नजिक रहेको नोयडामा अक्सिजन, शय्या तथा सुईको चरम अभाव छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला