२९ जेठ २०८३, शुक्रबार

कोरोनाबाट बच्न डबल मास्क लगाउनु कत्तिको जरूरी ?

साउन २, २०७८
कोरोनाबाट बच्न डबल मास्क लगाउनु कत्तिको जरूरी ?

कोरोनाको कहरले अहिले नेपाल पनि आक्रान्त बनिरहेको छ । यस्तो अवस्थामा सबैजनाले सामाजिक दूरी कायम गर्न र अनिवार्य मास्क लगाउन सल्लाह दिइन्छ । 

यसैबीच अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले कोरोनाबाट बच्न दुईवटा मास्क लगाउन सल्लाह दिएको छ । 
 

विज्ञहरूका अनुसार, डबल मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँछ । अनि यसलाई सही ढंगले लगाउनु प जरूरी छ । 

सर्जिकल मास्कले जम्मा ५६.१ प्रतिशत सुरक्षा दिन्छ भने कपडाको मास्कले ५१.४ प्रतिशत सुरक्षा दिन्छ । तर डबल मास्क लगाएमा संक्रामक कणबाट लगभग ८५.४ प्रतिशतसम्म सुरक्षा दिन्छ । 

डबल मास्क टाइट हुन सक्छ । त्यसैले बाहिर जानुअघि घरमै एकछिन डबल मास्क लगाएर हिँड्ने गर्नुपर्छ । त्यसो गर्दा यो कत्तिको फिट र आरामदायी छ भन्ने थाहा हुन्छ । अनि बोल्दा पनि अप्ठ्यारो हुँदैन । 

सफा मास्क लगाउनुपर्छ । घर परिवारकै मान्छेले पनि आफ्नो मास्क अरूलाई दिनुहुँदैन र अरूको लगाउनुहुँदैन ।
 

salt training

कमेन्ट गर्नुहोस्