१४ असार २०८३, आइतबार

कोरोनाकालमा मास्क नलगाउँदा जरिवाना तिर्ने राष्ट्रप्रमुख यी हुन्

बैशाख १६, २०७८
कोरोनाकालमा मास्क नलगाउँदा जरिवाना तिर्ने राष्ट्रप्रमुख यी हुन्

कोरोनाभाइरसले संसारलाई हैरान पारेको छ र प्रत्येक देशले संक्रमण फैलिन नदिनका लागि कडा नियम बनाएको छ । 

नियम उल्लंघन गर्ने राष्ट्रप्रमुख तथा सरकारप्रमुखले जरिवाना समेत तिर्नुपरेको छ । 

यसै क्रममा थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले मास्क नलगाएकोमा १९० डलर जरिवाना तिरेका छन् । 

उनले सार्वजनिक स्थानमा गरिएको कार्यक्रममा मास्क नलगाएको पाइएको हो । 

त्यस्तै चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले पनि फेसमास्क नगलाइकन सेल्फी खिचेको भन्दै ३५ सय डलरको जरिवाना लगाइएको छ । पिनेराले एक महिला प्रशंसकसँग मास्क नलगाई सेल्फी खिचेका थिए । पछि उनले माफी मागेका थिए । 

त्यस्तै नर्वे प्रहरीले त्यहाँकी प्रधानमन्त्री एर्ना सोल्बर्गलाई नियम तोडेको भन्दै २३ सय ५२ डलर जरिवाना तिराएको छ । उनले जन्मदिन मनाउनका लागि पारिवारिक जमघट गराएको र नियम उल्लंघन गरेको आरोप छ । 

उता बुल्गेरियाका प्रधानमन्त्री बोयोको बोरिसोभले कोरोना नियम तोडेको र मास्क नलगाएको भन्दै लगभग १३ हजार रुपैयाँ जरिवाना लगाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्