०३ असार २०८३, बुधबार

गण्डकीका सांसद खिमविक्रम शाहीले दिए आफ्नो स्वास्थ्यबारे लिखित जानकारी

बैशाख १६, २०७८
गण्डकीका सांसद खिमविक्रम शाहीले दिए आफ्नो स्वास्थ्यबारे लिखित जानकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने तयारी भइरहँदा सम्पर्कविहीन भएका सांसद खिमविक्रम शाहीले आफ्नो स्वास्थ्यबारे लिखित जानकारी दिएका छन् ।

बिहीवार एक जानकारी पत्र सार्वजनिक गर्दै सांसद शाहीले अचानक बिरामी भएर अस्पताल गएको र बेहोस भएको जानकारी दिए ।

‘हाल मेरो स्वास्थ्यमा क्रमित सुधार आएको महसूस गरेको छु, म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु,’ उनले भनेका छन् ।

सांसद शाहीले आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको जनाएका छन् । ‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरूप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै छ,’ उनले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्