०२ असार २०८३, मंगलबार

चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द

बैशाख १६, २०७८
चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द

यातायात व्यवस्था विभागले बिहीवारबाट सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ ।

विभागले सूचना जारी गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि हाल सेवा स्थगन गरिएको जनाएको छ । 

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो ।

विभागले गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेदेखि गत पुससम्म सेवा अवरुद्ध गरेको थियो । गत असारमा बन्दाबन्दी खुकुलो बनाएसँगै नवीकरण र छापिसकेका अनुमतिपत्र वितरण जारी राखे पनि नयाँ अनुमतिपत्र छपाइ रोकेको थियो । अहिले पनि विभागले झण्डै ५ लाख अनुमतिपत्र छाप्न बाँकी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्