२६ जेठ २०८३, मंगलबार

कोरोनाको कहर : लाश बोकेर पैसा कमाइरहेछन् मजदूर

बैशाख १६, २०७८
कोरोनाको कहर : लाश बोकेर पैसा कमाइरहेछन् मजदूर

कोरोनाको कहर कसैलाई लागि विपत हो भने कसैका लागि यो अवसर हो । 

जोखिम मोलेर भए पनि गरीब मजदूरहरू शव बोकेर पैसा कमाउन बाध्य भएका छन् । 

भारतको मोक्षनगरी बनारसमा ज्यान गुमाएकाहरूको परिवारका सदस्य डराइरहेको बेलामा मजदूरहरूले लाश बोक्ने काम गरिरहेका छन् । 

मोक्षको कामना गर्दै काशीमा अन्त्येष्टिका लागि मानिसहरू आइरहेका छन् तर शवलाई उठाउन डराइरहेका छन् । 

यस्तो अवस्थामा शव बोक्ने मजदूरहरूले काम पाएका छन् । केही मजदूरी पाइने आशामा उनीहरू संक्रमणको जोखिम मोलेर भए पनि अन्त्येष्टिमा सघाइरहेका छन् । 

एउटा शव बोेकेको २२ सय भारुसम्म पाउने गरेको राजेश नामक मजदूर बताउँछन् । तर त्यो पैसा चारजनामा बाँड्नुपर्ने हुन्छ । डराएर पेट नभरिने हुनाले कोरोना संक्रमितको शव बोक्ने गरेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्