२५ जेठ २०८३, सोमबार

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दिपक मनाङेले लिए शपथ

बैशाख १६, २०७८
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दिपक मनाङेले लिए शपथ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार विस्तार गरेका छन् ।

मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेपछि बिहीवारै शपथ गराइएको छ ।

नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् ।

मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव प्रक्रियामा रहेका बेला सांसद मनाङेलाई मन्त्री बनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्