२१ असार २०८३, आइतबार

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयको अनुरोध

बैशाख १६, २०७८
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयको अनुरोध

कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले बिहीवार एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि निषेध आदेश जारी भएका जिल्लामा आदेशको पूर्ण पालना गर्न अनुरोध गरिएका छन् ।

‘प्रमुख जिल्ला अधिकारीहरूबाट जारी निषेध आदेशको पूर्ण रूपमा पालना गरी संक्रमण फैलन नदिन सरकारको तर्फबाट गरिएको प्रयासमा सम्बद्ध सबै पक्षबाट पूर्ण सहयोग हुनेछ भन्ने अपेक्षासहित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्