१४ असार २०८३, आइतबार

बढ्दै कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३४ हजार नाघ्यो

बैशाख १६, २०७८
बढ्दै कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ३४ हजार नाघ्यो

देशमा कोरोना संक्रमित बढ्दै गएका छन् ।   आजसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या तीन लाख १७ हजार ५३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८८८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८७ हजार १६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ ।

अहिले देशभर ३४ हजार ११७ सक्रिय सङ्क्रमित छन् ।  हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पीसीआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २४६  जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा चार हजार ९२८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमा १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार ८३१ र ९७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्