२५ जेठ २०८३, सोमबार

काँग्रेसमा साढे ७ लाख क्रियाशील सदस्यता ‘इन्ट्री’

बैशाख १६, २०७८
काँग्रेसमा साढे ७ लाख क्रियाशील सदस्यता ‘इन्ट्री’

नेपाली काँग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको थियो ।

निर्धारित समयको राति १२ बजेसम्म वेबसाइटमा सात लाख ५३ हजार ३४४ क्रियाशील सदस्यता ‘इन्ट्री’ भएको र त्यसमध्ये नयाँ तीन लाख ८९ हजार ४५१ तथा नवीकरण तीन लाख ६३ हजार ८९३ रहेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । पार्टीको निर्णयअनुसार नै वैशाख १५ गते राति १२ बजे कम्प्युटर सफ्टवेयरमा क्रियाशील सदस्यताको ‘इन्ट्री’ हुने ‘सिस्टम’ स्वतः बन्द भएको छ ।

    कतिपय जिल्ला कार्यसमितिले राति १२ बजेसम्म पनि क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ गरिरहेको र समयावधि थपका लागि आग्रह गरे पनि ‘सिस्टम’ स्वतः बन्द भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्