२५ जेठ २०८३, सोमबार

सेनाको गस्ती टोलीद्वारा हतियार र जडिबुटी बरामद

बैशाख १६, २०७८
सेनाको गस्ती टोलीद्वारा हतियार र जडिबुटी बरामद

नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको गस्तीले मुगुको सोरु गाँउपालिका रारा राष्ट्रिय निकुञ्जको सानो बजार इलाकाबाट भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ परेका स्थानीय प्रेमबहादुर शाहीलाई निकुञ्ज कर्मचारीको रोहवरमा मुचुल्का तयार गरी हतियारसहित आवश्यक कारबाहीका लागि निकुञ्ज कार्यालय, हुटुलाई बुझाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    मकालु बरुण राष्ट्रिय निकुञ्जको मकालु गाँउपालिका–३ स्थित नयांँ रणभीम गुल्मको गस्ती टोलीले लुकाइछुपाई ल्याएको जडिबुटीसहित एक जनालाई पक्राउ गरेको छ ।

    गोला बसपार्कबाट खाँदबारीतर्फ जाँदै गरेको को१ज २३२१ नं. को बोलेरो जिप चेक जाँच गर्ने क्रममा त्यसमा सवार ५३ डिन्मा फिन्जो भोटेको साथबाट पाखनबेद, ठूलो ओखती ८० किलो, टिमुर ११ किलो, रातो गुराँसको फुल एक बोरा, हर्चुरो १५ किलोलगायतका  जडिबुटी बरामद भएको जानकारी दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्