३१ असार २०८३, बुधबार

महाअभियोग प्रस्ताव फिर्तापछि संसद सुचारु

कात्तिक २०, २०७४
महाअभियोग प्रस्ताव फिर्तापछि संसद सुचारु

काठमाडौं १५ जेठ– सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता गर्न राजी भएपछि व्यबस्थापिका संसदको बैठक सुचारु भएको छ । महाअभियोग फिर्ता नलिइए संसद अबरुद्ध गर्ने एमालेले चेतावनी दिएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग भएको सहमति अनुसार महाअभियोगका प्रस्तावक कांग्रेस सांसद मीनबहादुर विश्वकर्मा र समर्थक माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतले महाअभियोग प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव फिर्ता गर्न सभामुख ओनसरी घर्तीलाई निवेदन दिएका छन् ।

यसअघि कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले प्रधानन्यायाधीश कार्की विरुद्ध वैशाख १७ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्