×

NIC ASIA

कोरोना महामारीमा प्रहरीको तयारी

अस्पतालमा बेड नपाउने अवस्था आएपछि प्रहरीले हरेक कार्यालयमा आइसोलेसन वार्ड बनाउने

बैशाख १७, २०७८

Prabhu Bank
NTC
तस्वीर : प्रहरी चौकी फाखेलको भवन, मकवानपुर
Premier Steels

कोरोना भाइरसको दोस्रो लहर (भेरियन्ट)सँगै फैलिएको संक्रमणलाई मध्यनजर गरेर प्रहरीले हरेक कार्यालयमा अनिवार्य आइसोलेसनको व्यवस्था गर्नु पर्ने निर्देश दिएको छ ।

Muktinath Bank

प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई पर्याप्त सावधानी अपनाउन र कार्यालय भित्र आइसोलेसन बनाउन निर्देशन दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समयमा संक्रमण फैलिएपछि अस्पतालहरुमा पनि विरामीको चाप भएको र आगामी दिनमा त्यसको अवस्थालाई मध्यनजर गरेर प्रत्येक कार्यालयले आइसोलेसन निमार्ण गर्ने निर्देशन दिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले बताए ।


Advertisment
Nabil box
Kumari

‘संक्रमण फैलिरहेको छ, अस्पतालमा बेडको अभाव छ त्यसैले भेन्टीलेटर नचाहिने विरामीहरुलाई हरेक कार्यालयमा आइसोलेसन निमार्ण गरेका छौं,’ एसएसपी कुँवरले लोकान्तरसँग भने,‘प्रहरीमा अहिले त्यस्तो डियुटीमा प्रभाव पर्ने हिसाबले कोरोना संक्रमण देखिएको छैन् ।’

Vianet communication

प्रहरीले अहिले आफु जोगिँदै अरुलाई पनि सुरक्षा दिन र कोरोना भाइरसको बारेमा जनचेनता फैलाउने कार्यमा लागि परेको प्रवक्ता कुँवरले बताए । गतसाता प्रहरीले देशका विभिन्न स्थानमा मास्क बाँड्नेदेखि जनचेतना फैलाउने काम गरेको थियो । 

प्रहरी कर्मचारीलाई अनिवार्यरुपमा स्वास्थ्यमा मापदण्ड सेनिटाइजरको प्रयोग, मास्कको अनिवार्य प्रयोग, भौतिक दुरी कायम गरेर ड्युटी गरिरहेका छन् । 

प्रहरी बुधवार मात्रै देशभर ‘तपाईको मास्क खोइ ?’ कार्यक्रम अन्तरगत लगभग ६७ हजार व्यक्तिलाई मास्क वितरण गरेको छ । भने मास्क नलगाउने ३१ हजार जनालाई १ घण्टा होल्ड र लगभग २० हजार जनालाई सम्झाएर पठाएको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ । 

कति प्रहरी कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको भन्ने बारेमा भने खुलाएको छैन् । यसअघि गतवर्ष प्रहरी प्रधान कार्यालयमा एकै पटक दर्जनौंलाई कोरोनाको संक्रमण भएको थियो । 

‘हाम्रो ड्युटीलाई असर पर्ने गरि कोरोना संक्रमण भएको छैन,’ प्रवक्ता कुँवरले भने,‘अहिले कन्स्ट्याण्ड छ ।’

प्रहरीले उपत्यका लगायत देशभरमा सामान्य समय भन्दा धेरै प्रहरीलाई डियुटीमा खटाएको जनाएको छ ।

बोर्डरमा एन्टिजेन परीक्षणमा सक्रिय एपीएफ

कोरोना भाइरसको संक्रमण भारतमा तीब्र रुपमा फैलिएसँगै नेपाल फर्किने नेपालीहरुलाई सम्बन्धित जिल्लाका स्वास्थ्य निकायसँग समन्वय गरेर एन्टिजेन परीक्षण गर्ने काममा सशस्त्र प्रहरी बल (एपीएफ) खटिएको छ । 

‘हामीले विषेश गरेर दक्षिणी नाकाबाट नेपाल आउने नेपालीहरुलाई जिल्लाका स्वास्थ्य निकायको सहकार्यमा एन्टिजेन परिक्षणमा खटिएका छौं,’ सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले लोकान्तरसँग भने ।

नाकामा एन्टिजेन परिक्षणमा कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिहरुलाई नजिकैको अस्पताल वा आइसोलेसन सेन्टरमा पुर्‍याइरहेको छ भने नदेखिएका व्यक्तिहरुलाई स्थानीय तहको समन्वयमा आ–आफ्नो घर जानको लागि मदत गरिरहेको प्रवक्ता सशस्त्र डीआईजी अर्यालले बताए ।

त्यसका अलवा सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाएपछि सवारी साधन र गतिविधिहरुलाई कार्यान्वयन गर्न नेपाल प्रहरीसँग मिलेर काम गरिरहेको प्रवक्ता अर्यालले बताए । 

अर्यालका अनुसार डियुटीमा खटिएका सशस्त्र प्रहरी कर्मचारी र अफिसमा भएका कर्मचारीहरुलाई एक आपसमा घुलमिल नहुने गरी छुट्टै बस्ने व्यवस्था समेत मिलाइएको छ । 

एसपीएफका अनुसार विहिवारसम्म देशभरमा ३० जना सशस्त्रका कर्मचारी सक्रिय संक्रमित छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x