
कोभिड महामारीमा लैंगिक हिंसाका घटनाहरू निकै बढेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।
हालै गरिएको एक अध्ययनले सन् २०२० मा मानिसहरूले कसरी लैंगिक हिंसा गर्ने भनी गूगलमा व्यापक खोजेको पाइएको छ ।
टेलर यान्ड फ्रान्सिस नामक जर्नलमा प्रकाशित अध्ययन न्युजील्यान्डको ओटागो विश्वविद्यालयकी वरिष्ठ उपप्राध्यापक काटेरिना स्ट्यान्डिशले तयार पारेकी हुन् ।
अध्ययनका क्रममा अमेरिकामा गूगलको कस्ता सर्च गरिएका थिए भनी हेरिएको थियो ।
सन् २०२० मा लैंगिक हिंसा ३१ प्रतिशतबाट बढेर १०६ प्रतिशत पुगेको पाइयो ।
‘पत्नी वा प्रेमिकालाई कसरी तह लगाउने’ र ‘कसैले थाहा नपाउने गरी पत्नी वा प्रेमिकालाई कसरी ठटाउने’ १६ करोड ५० लाखपटक सर्च गरिएको पाइयो ।
धेरै सर्चहरूमा पुरुषले गर्ने हिंसाको संकेत पाइयो । ‘उसले मलाई मार्छ’ लाई गूगलमा १० करोड ७० लाखपटक खोजिएको थियो भने ‘उसले मलाई ठटाउँछ’ ३२ करोडपटक खोजिएको थियो । त्यस्तै ‘सहायता गर्नुस्, ऊ सताएर बसिरहन्छ’ १ अर्ब २२ करोडपटक सर्च गरिएको थियो ।
‘करोडौं मानिस अन्लाइनमा सहायताका लागि पुकारा गरिरहेका छन् र कोभिड १९ को यो वास्तविकतालाई म प्रतिबिम्बित गर्न चाहन्थें,’ स्ट्यान्डिशले लेखिन् ।