भारतमा कोभिडका कारण अग्रपंक्तिमा रहेका चिकित्सक र नर्सहरूले अतिरिक्त काम गरिरहनुपरेको छ ।
अनि यो गर्मीमा पीपीई र मास्क लगाएर घन्टौंसम्म खटिनुपर्दा उनीहरूको बिजोक हुने गरेको छ ।
यस्तै एक चिकित्सकले लामो समयसम्म पीपीई किट लगाउँदा परेको असरका विषयमा मानिसको ध्यानाकर्षण गर्नका लागि ट्विटरमा डा सोहिल नामक प्रयोगकर्ताले एक तस्वीर अप्लोड गरेका छन् ।
‘देशको सेवा गर्न पाउँदा गर्व छ,’ क्याप्सनमा लेखिएको छ । पोस्टमा दुईवटा तस्वीर छन् । एउटामा सोहिलले पीपीई किट लगाएको देखिन्छ भने अर्कोमा उनले किट खोलेको तर पसिनामा नुहाएको देखिन्छ ।
बुधवार अप्लोड गरिएको पोस्टमा थुप्रै कमेन्ट आएका छन् भने लाखभन्दा बढी लाइक आएका छन् । पीपीई किट धेरै बेरसम्म लगाउँदा त्यस्तो असर पर्ने रहेछ भनी मानिसहरू आश्चर्य मानिरहेका छन् । धेरैजनाले ती चिकित्सकको सुस्वास्थ्यको कामना गरिरहेका छन् ।
Proud to serve the nation pic.twitter.com/xwyGSax39y
— Dr_sohil (@DrSohil) April 28, 2021