
नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ ।
क्यानले शुक्रवार एक सूचना जारी गर्दै कोराना भाइरसलाई मध्यनजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको हो ।
क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरू तत्कालका लागि स्थगित गरिएको समेत जनाएको छ ।
