१९ असार २०८३, शुक्रबार

कर्णालीमा एमालेको प्रदेश कमिटीलाई पूर्णता

बैशाख १७, २०७८
कर्णालीमा एमालेको प्रदेश कमिटीलाई पूर्णता

नेकपा एमालेले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पछिल्लो बैठकले १४७ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । 

एमालेले यसअघि प्रदेश कमिटीका पदाधिकारीको चयन गरिसकेको थियो । पदाधिकारीमा यामलाल कँडेल प्रदेश इञ्चार्ज, लक्ष्मी पोखरेल र गुलावजंग शाह सहइञ्चार्ज, गोरख बोगटी अध्यक्ष तथा धर्मराज रेग्मी सचिवको जिम्मेवारीमा छन् ।

सचिव रेग्मीका अनुसार संघीय सांसद तथा प्रदेशसभा सदस्य, जिल्ला पार्टी अध्यक्ष, जिल्लास्तरका अगुवा नेता, पेशागत क्षेत्रबाट पार्टी संगठनमा योगदान पुर्‍याएकालाई समेटेर कमिटी पूर्णता दिइएको छ ।

उनले अन्तरपार्टी निर्देशनबमोजिम सांगठनिक कामलाई तीव्रता दिने, तोकिएको समयमा मातहतका कमिटीका अधिवेशन सम्पन्न गर्न तयारी गर्ने, कोरोना भाइरस महामारीलाई रोकथाम तथा नियन्त्रणमा राज्यका निकायलाई सहयोग पुर्‍याउन स्वयंसेवक परिचालन गरिने बताए ।

एमालेले आगामी मंसिर २ देखि ६ गतेसम्म राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । आगामी भदौ ५ गते वडा, भदौ १५ गते पालिका, भदौ ३० गते जिल्ला तथा असोज २३ गते प्रदेश अधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्