३१ जेठ २०८३, आइतबार

अनलाइनमा आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

बैशाख १७, २०७८
अनलाइनमा आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने पक्राउ

अनलाइनमार्फत आर्थिक कारोबार गरी आईपीएल सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा गौर नगरपालिका–१ बस्ने २६ वर्षीय सुधिरकुमार जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाइलसहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको युनिभर्सल मोबाइल एसेसोरिज पसलमा अनलाइनमार्फत आईपीएलको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टको रूपमा कारोबार गर्दै आइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले अनलाइनमार्फत ४८ जनाको समूह बनाई सट्टबाजी गरी १७ लाख ३९ हजार ६४० रुपैयाँ बराबरको सट्टाबाजी जुवा खेलाएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीउपर जुवा खेल्न वा सट्टेबाजी गर्ने नहुने अन्तर्गतको कसूरमा ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्