२७ असार २०८३, शनिबार

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

बैशाख १८, २०७८
झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना
फाइल तस्वीर

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ ।

कोरोनाको सामान्य लक्षण देखिएको र नर्भिक अस्पताल थापाथलीमा भर्ना भएको उनको सचिवालयले जनाएको छ ।

खनालको स्वास्थ्य अवस्था समान्य नै रहेको सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिइएको छ ।

'नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूलाई कोभिड १९ को सामान्य लक्षण देखा परेका कारण नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना हुनुभएको छ र वँहाको स्वास्थ्य अवस्था सामान्य रहेको सबैमा जानकारी गराउँदछौं,' खनालको आधिकारिक फेसबूक पेजमा लेखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्