गाउँ–गाउँमा फैलिँदै कोरोना

गाउँ–गाउँमा फैलिँदै कोरोना


कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ।


Advertisement

भारत मात्रै होइन, नेपालकै कोरोनाप्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च जोखिममा परेको छ। चार दिनयता ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा पोजिटिभ देखापरेको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए।


Advertisement

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार वैशाख ६ गते यता भारतबाट मात्र ६ सयभन्दा बढी भित्रिएका छन्। उनीहरू सबैलाई होम आइसोलेसनमा बस्न भनिए पनि बजार गाउँ डुलिरहेका छन्। धनगढी, महेन्द्रनगर, नेपालगन्ज, काठमाडौंसहित उच्च जोखिम भएका जिल्लाबाट आएकाहरूको तथ्यांक कुनै निकायले राखेको छैन। गाउँ–गाउँमा कोरोनाको लक्षण भएका धेरै बिरामी भए पनि परीक्षण गर्ने नहुँदा समस्या भएको स्थानीयले बताएका छन्।

कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना लागेपछि हिमाली गाउँपालिका सिल गरिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत्त राजबहादुर भण्डारीले गाउँपालिकाका ६ कर्मचारी, स्वास्थ्य शाखाका ४ स्वास्थ्यकर्मी र तीन स्थानीयलाई पोजिटिभ देखिएको बताए। अन्नपूर्णमा विस्तृतमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्