०१ असार २०८३, सोमबार

भारतीय कारमा मृत भेटिएका तीनै जना बालकको पहिचान खुल्यो

बैशाख १९, २०७८
भारतीय कारमा मृत भेटिएका तीनै जना बालकको पहिचान खुल्यो

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र शनिवार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ ।
 
मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

वैशाख १६ गते बालकहरू हराएको र खोजी गरिदिन भनी इलाका प्रहरी कार्यालय तुलसीपुरमा निजका अभिभावकले वैशाख १७ गते निवेदन पनि दर्ता गराएका थिए । अहिले शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । घटना के कसरी भयो भन्नेबारे हालसम्म कुनै जानकारी नभएको र अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहित विशेषज्ञ टोली शनिवार राति नै आएको तुलसीपुर इलाका प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

कार सो स्थानमा विगत ७ महिनादेखि पार्किङमा रहेको र कारका धनी यादव गैरेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा झिकाइएको  प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्