भारतको असम राज्यमा भारतीय जनता पार्टीले विपक्षी महाजोत गठबन्धनलाई हराउँदै बहुमत ल्याउने लक्षण देखिएको छ ।
मतगणनाको आरम्भिक रुझान हेर्दा भाजपाले लगातार दोस्रोपटक कार्यकाल चलाउन सक्ने देखिएको छ ।
भाजपा असममा सत्तामा फर्किएमा यस उत्तरपूर्वी राज्यमा लगातार कार्यकाल चलाउने गैरकांग्रेसी सरकार बन्नेछ ।
त्यहाँको कुल १२६ सीटमध्ये ११५ सीटको रुझान आउँदा भाजपा र गठबन्धन साझेदारले ७३ सीटमा अग्रता लिइरहेको देखिन्छ भने कांग्रेस र साझेदारले ४१ सीटमा अग्रता लिएको छ ।
भाजपा ५६ सीटमा अनि उसको गठबन्धन साझेदार असोम गण परिषद् १० सीटमा अघि छन् । त्यस्तै पिपुल्स पार्टी लिबरल सात सीटमा अघि छन् ।
कांग्रेस २८ सीटमा र गठबन्धन साझेदार अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट ११ मा र बोडोल्यान्ड पिपुल्स फ्रन्टले दुई सीटमा अग्रता लिएको छ ।