भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिडको प्रभावकारी व्यवस्थावनका विषयमा परामर्श गर्नका लागि विज्ञहरूसँग आइतवार भर्चुअल बैठक गरेका छन् ।
कोरोना संक्रमितहरूका लागि अक्सिजन र औषधिको उपलब्धताका विषयमा समीक्षा तथा मानव संसाधनमा वृद्धिका विषयमा परामर्श उक्त बैठकमा भएको सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।
कोरोना महामारीको उचित व्यवस्थापन गर्न नसकेकोमा मोदी सरकारको चौतर्फी आलोचना भइरहेको बेलामा यो बैठक गरिएको हो ।