
भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीले आठ हजार भोटको अग्रता लिएकी छन् ।
निकटतम प्रतिद्वन्द्वी भारतीय जनता पार्टीका शुभेन्दु अधिकारीभन्दा उनी अघि छिन् ।
शुरूआती राउन्डको मतगणनामा ममता पछि पर्दा अनेकथरी अनुमान लगाइएको थियो तर अहिले त्यस्ता अनुमानमा पूर्णविराम लागेको छ ।