२२ जेठ २०८३, शुक्रबार

मन्त्रीहरूलाई बालुवाटारमै रोकेर राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

बैशाख १९, २०७८
मन्त्रीहरूलाई बालुवाटारमै रोकेर राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।

साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा संसदमा विश्वासको मत लिने जानकारी गराएर ओली शीतलनिवास पुगेका हुन् । मन्त्रीहरू बालुवाटारमै बसिरहेका छन् । 

यसअघि आइतवार दिउँसो एमाले स्थायी कमिटीको बैठक सकेर ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । वैशाख २७ गते संसदमा विश्वासको मत लिने बताएका ओली संसद्को अधिवेशन आह्वान गर्ने पत्र लिएर शीतलनिवास पुगेका स्रोतले बतायो । 

सरकारले वैशाख २७ गतेका लागि संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्