३१ जेठ २०८३, आइतबार

कोरोना अस्पतालमा अक्सिजन सकिएपछि बिरामी छट्पटाउँदै, डाक्टर चिन्तित

बैशाख २०, २०७८
कोरोना अस्पतालमा अक्सिजन सकिएपछि बिरामी छट्पटाउँदै, डाक्टर चिन्तित
प्रतिकात्मक तस्वीर

दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन् । यहाँ २ दिनदेखि अक्सिजन अभाव थियो ।

आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतवार बिहानदेखि स्टक पनि सकिएको छ ।

बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन् । अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतवार बिहानदेखि १ सिलिन्डर पनि अक्सिजन नरहेको बताए । 

‘हिजैदेखि प्रदेश सरकार, जिल्लाका निकायलाई हारगुहार गर्दै आएका छौं । अहिलेसम्म कसैले सुनेका छैनन्’, ओलीले भने, ‘अहिले बिरामीहरू अक्सिजन अभावमा बेडमा छट्पटाइरहेका छन् । हामीसँग अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन । यही अवस्था रहेमा बिरामीको उपचार सम्भावना छैन,’ उनले भने ।

अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको उनको भनाइ छ । चर्को दबाबका कारण यो अस्पताल १०० बेडको चलाउने निर्णय शनिवार मात्रै गरिएको थियो । ४२ बेडमा सञ्चालन हुँदै आएकोमा ५८ बेडमा विस्तार गरिएको छ ।

अस्पताललाई सय बेडमा सञ्चालन गर्न दैनिक करीब ४०० सिलिन्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक उनले बताए । अस्पतालका बिरामीको रक्षा भगवान् भरोसा मात्रै छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्