२९ असार २०८३, सोमबार

गगन थापाको सुझाव : निजी मेडिकल र अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाऔं

बैशाख २०, २०७८
गगन थापाको सुझाव : निजी मेडिकल र अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाऔं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापाले निजी मेडिकल कलेज र अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउनुपर्ने सुझाव दिएका छन् ।

सोमवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले निजी अस्पतालसँग सम्झौता गर्न ढिलाइ गर्न नहुने बताए ।

उनले लेखेका छन्, ‘कोरोनाको तीव्र संक्रमणसँगै बिरामीले अस्पतालमा सामान्य शय्या समेत पाउन मुस्किल भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालै निजी मेडिकल कलेज र निजी अस्पतालसँग सम्झौता गरी यी अस्पताललाई कम्तीमा ३ देखि ६ महिना डेडिकेटेड कोरोना अस्पतालको रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न विलम्ब नगरौं ।’

salt training

कमेन्ट गर्नुहोस्