३० जेठ २०८३, शनिबार

चुनाव हारेपछि बाबुल सुप्रियोले लेखे– बंगालका जनताले क्रूर महिलालाई दिए भोट

बैशाख २०, २०७८
चुनाव हारेपछि बाबुल सुप्रियोले लेखे– बंगालका जनताले क्रूर महिलालाई दिए भोट

पश्चिम बंगाल विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीका उम्मेदवार बाबुल सुप्रियो हारेका छन् र हारलाई पचाउन सकेका छैनन् । 

उनले ममता बनर्जीलाई बधाई नदिने र जनादेशको सम्मान पनि नगर्ने बताएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखे, ‘न त म ममता बनर्जीलाई बधाई दिन्छु न त म यस जनादेशलाई सम्मान गर्छु । भाजपालाई एकपटक मौका नदिएर बंगालको जनताले भ्रष्ट, अक्षम सरकार र एक क्रूर महिलालाई फेरि सत्तामा ल्याएर ऐतिहासिक भूल गरेको छ ।’ 

उनले थप लेखे, ‘कानून पालन गर्ने नागरिकका रूपमा म लोकतान्त्रिक मुलुकमा मानिसहरूले गरेको फैसलालाई पालन गर्छु ।’ 

पछि सुप्रियोले पोस्ट डिलिट गरे । 


 

salt training

कमेन्ट गर्नुहोस्