१० साउन २०८३, आइतबार

बंगालमा चुनावपछि चर्कियो हिंसा, नन्दीग्राममा भाजपा कार्यालयमा आगजनी

बैशाख २०, २०७८
बंगालमा चुनावपछि चर्कियो हिंसा, नन्दीग्राममा भाजपा कार्यालयमा आगजनी

भारतको पश्चिम बंगालमा तृणमूल कांग्रेसको प्रचण्ड विजय भएसँगै राज्यका विभिन्न ठाउँमा हिंसा चर्किएका छन् । 

सोमवार नन्दीग्राममा भारतीय जनता पार्टीको कार्यालयमा तोडफोड गर्ने कोशिश गरियो । अनि त्यहाँ आगजनी पनि गर्न खोजियो । 
 

तृणमूलका कार्यकर्ताहरूले यो उपद्रो गरेको आरोप भाजपाले लगाएको छ । 

भाजपा कार्यालय मात्र नभई अनेकौं पसल र घरमा तोडफोड र आगजनी गरिएको छ । 

प्रहरी घटनास्थलमा पुगेपछि हंगामा गर्नेहरू भागेका थिए । 
 

नन्दीग्राम बजारमा तनावको स्थिति छ । 

ममता बनर्जीले नन्दीग्राममा चुनाव हारेकाले तृणमूल कार्यकर्ताहरू आक्रोशित भएका हुन् । ममतालाई भाजपाका शुभेन्दु अधिकारीले हराएका हुन् । 

आइतवार बंगालको दुर्गापुरमा भाजपाको कार्यालयमा आगजनी गरिएको थियो । दुर्गापुर पश्चिममा भाजपाका उम्मेदवार रहेका लखनका अनुसार, तृणमूल कार्यकर्ताहरूले रातभरि बाइकमा घुमेर आतंक मच्चाउँदै हिँडेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्