२४ असार २०८३, बुधबार

गैरआवासीय नेपालीको दोहोरो नागरिकताको व्यवस्था नयाँ संविधानले गरेको पाण्डेको भनाइ

कात्तिक २०, २०७४
गैरआवासीय नेपालीको दोहोरो नागरिकताको व्यवस्था नयाँ संविधानले गरेको पाण्डेको भनाइ

बार्सिलोना (स्पेन), १५ जेठ - गैरआवासीय नेपालीको दोहोरो नागरिकताका सम्बन्धमा नया“ संविधानमा व्यवस्था भएको र एमाले पार्टीले यसलाई सम्बोधन गरेको पोलिटब्युरो सदस्य एवं प्रवास इन्चार्ज विन्दा पाण्डेले बताइन् ।


आइतवार प्रवासी नेपाली मञ्च स्पेनको चौथो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले भनिन्, ‘विगत लामो समयदेखि गैरआवासीय नेपाली नागरिकले आफ्नो रोजगारीका लागि प्रवासमा बसोबास गर्ने गरेको र उनीहरूको मागलाई एमाले पार्टीले स्थापित गरेको बताइन् ।

पाण्डेले नया“ संविधानलाई कार्यान्वयन गर्नका लागि मुलुकमा तीन तहको निर्वाचन आजको आवश्यकता भएको बताइन् । स्थानीय निकायको चुनाव हुँदै संघीय सरकारमा भएको दुई सय ४० स्थानीय निर्वाचनलाई एक सय ६५ बनाउनुपर्ने चुनौती रहेकाले ती स्थानिय निकायमा प्रवासी नेपालीहरूले सिकेको ज्ञान र सीप नेपालमा परिवर्तन ल्याउनका लागि आवश्यक रहेको बताइन् ।

आआफ्नो क्षेत्रबाट सकारात्मक भूमिका खेल्न सबै नेपालीहरूलाई उनले आग्रह गरिन् ।

अब हुने संघीय निर्वाचनहरूमा बाहिर हरेका नेपालीहरूले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने गरी परीक्षणका लागि कुनै एक ठाउँबाट सुरुवात गरिने बताईन् ।

यसैगरी एनआरएन अध्यक्ष मुक्त गुरुङ्गले सबै नेपालीहरूले आ आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका विर्वाह गदै आउदै गरेको गैरआवाशिय नेपाली संघको निर्वाचनमा सहभागिता गर्नु पर्ने भन्दै सबै नेपालीहरू हातेमालो गदै अगाडी बढ्न आग्रह गरेक थिए ।

नेपालका लागि स्पेनका पर्यटक दुत एवम् जनसम्र्पक समितिका संस्थापक अध्यक्ष चिन्तामणी शर्माले नेपाली हौ प्रवासी छौ सबैले सबैलाई समेटेर हातेमालो गरेर नेपाल कसरी समृद्धी गर्न सकिन्छ पर्यटन प्रवद्र्धधनका लागि सरकारले नेपाल देखि युरोप सम्म हवाई ब्यवस्थापन गर्न माग गरेका थिए ।

सापकोटाले भने ’आर्थिक समृद्धि तथा नेपालको बिकासका लागि युरोपबाट धेरै पर्यटकहरू जाने भएकाले सबै भन्दा पहिला सरकारले हवाइ मार्गको लागि युरोपिय युनियन सं समन्वयन गरेर नेपाली ध्वजाबाहक बिमान भित्र्यानुपर्ने जोडदार माग समेत गरेकाछन् । यसै गरी अर्का प्रर्यटक दुतले सबै नोपलीहर एकताबद्ध भएर हातेमालो गदै अगाडि बढौ पुटेर होइन जुटेर लागौ सफलता हुनेमा आशाबादी रहेको बताए ।
यसैगरी प्रवासी नेपाली मञ्च युरोप प्रतिनिधिका रुपमा रहेका पुष्पराज तिमिल्सिनाले नेपाली हामी जहा भएपनि एक होऔ सहकार्यबाट अगाडि बढौ असम्भव भन्ने केहि छैन भन्दै आउने कार्यसमितिलाई शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्पेनमा भएका विभिन्न राजनितिक दलका प्रतिनिधिहरू, संघ संस्थाका प्रतिनिधिहरूको ब्यापक सहभागिता रहेको थियो । कार्यक्रम दिनेश गुरुङ्गको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकर्ता लक्ष्मण शर्माले गरेका थिए ।

आइतबार बार्सिलोना सिसिलियामा सम्मपन्न चौथो अधिबेशनबाट हेम शेर्पालाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

बार्सिलोनामा सम्पन्न अधिवेशनले हेम शेर्पाको अध्यक्षतामा २१ जनाको कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्ष हेमन्त रानाभाट,बल बहादुर कार्की,महासचिब, दिनेश राज रेग्मी, उपमहासचिब हेम पाण्डे,सचिब रितु ढुङ्गाना, दिपक भट्टराई, भुपेन्द्र श्रेष्ठ,कोषाध्यक्ष कृष्णराम रानाभाट, सदस्यहरूमा हरि बिक,राजेन्द्र तिमिल्सिना, धुब्र भट्ट,तारा अधिकारी, गोबिन्द तिमिल्सिना, नारायण पौडेल, अनन्त लामिछाने, श्रीप्रसाद गर्बुजा, गोपाल प्रसाद भट्टराई, निमाला तिवारी, सुन्दर रानाभाट लगायतलाई चयन गरेका छन् ।

यसैगरी निर्वाचन समितिले पा“च जनाको सल्लाहाकार समिति समेत चयन गरेको छ । समितिले युरोप प्रतिनिधिमा पुष्पराज तिमिल्सिनालाई चयन गरेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष निर्विरोध भए लगतै हेम शेपाले भने ’हाम्रो आस्था र भरोसा कहिलै मर्ने छैन, भन्दै आफ्नै नेतृत्वमा अध्यक्ष भएपछि नेपालीहरूका लागि आपतकालिन राहत कोष समेत घोषडा गरेका छन् ।

अध्यक्ष शेर्पाले सबै असनतुष्टि स्वरहरूलाई पनि आफ्नो कार्यकालमा सम्बोधन गरिने र हातेमालो गदै सकारात्मक सोच र भुमिकाको लागि अगाडि बढ्न आग्रह गरेका छन् ।

स्पेनको नेपाल कम्युनिष्ट पार्टीमा आस्थावान नेपालीहरूले विभिन्न क्षेत्रहरूमा आर्थिक सहयोग तथा स्पेनमा आफ्नो पर्वहरूमा सास्कृतिक कार्यक्रमहरू संञ्चानल गदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्