०१ असार २०८३, सोमबार

सीएनएन भन्छ– भारतमा भन्दा खतरनाक संक्रमण नेपालमा फैलिन सक्छ

बैशाख २३, २०७८
सीएनएन भन्छ– भारतमा भन्दा खतरनाक संक्रमण नेपालमा फैलिन सक्छ

नेपालमा कोभिडका केसहरू ह्वात्तै बढिरहेको, अस्पतालहरू भरिभराउ भइरहेको र देशका प्रधानमन्त्रीले अन्य मुलुकबाट सहायता मागिरहेको भनी सीएनएन लेखेको छ । 

नेपालमा एक लाख मानिसमा कोभिडको दिनहुँ २० वटा केस आइरहेको छ । भारतमा दुई हप्ताअघि यस्तै स्थिति थियो । 

‘कोभिडको अहिलेको लहरलाई रोक्न नसक्ने हो भने भारतमा अहिले जे भइरहेको छ, नेपालमा पनि त्यही स्थिति आउनेछ,’ नेपाल रेडक्रसका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले बताए । 

भाइरस तीव्र गतिमा फैलिरहँदा नेपालमा भारतको जस्तै वा त्यसभन्दा पनि खतरनाक संकट आउन सक्ने डर उत्पन्न भएको छ । 

नेपालको स्वास्थ्य प्रणाली कमजोर छ र भारतमा भन्दा प्रतिव्यक्ति चिकित्सकको अनुपात कम छ । अनि भारतमा भन्दा कम खोप यहाँका मानिसले लगाउन पाएका छन् । 

भीडभाड हुने धार्मिक उत्सव, राजनीतिक भेला र विवाह समारोहका कारण केसहरू बढिरहेका छन् । जनताले बेवास्ता गरेको अनि सरकारले सुस्त कदम चालेकोले पनि स्थिति बिग्रेको छ । 

‘परिस्थिति दिनानुदिन बिग्रिरहेको छ र भविष्यमा यो नियन्त्रण बाहिर जान सक्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा समीर अधिकारीले बताए । 

नेपालले सीमामा नियन्त्रण गरेको र बढी प्रभावित क्षेत्रमा लकडाउन लगाएको भए पनि भाइरस रोक्न यो पर्याप्त नभएको केही मानिसले डर व्यक्त गरेका छन् । सगरमाथा आधार शिविरमा समेत कोरोना संक्रमण देखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्