०२ साउन २०८३, शनिबार

प्रतिनिधि सभाका चार सांसदलाई कोरोना संक्रमण, सभामुख र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ

बैशाख २३, २०७८
प्रतिनिधि सभाका चार सांसदलाई कोरोना संक्रमण, सभामुख र सचिवालयका सदस्यको रिपोर्ट नेगेटिभ

प्रतिनिधि सभाका ४ सांसदलाई कोरोना संक्रमण देखिएको छ । 

बुधवार भएको परीक्षणमा जसपा सांसद लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, कांग्रेसकी पार्वती डिसी चौधरी र सांसद रामबाबुकुमार यादवमा कोरोना पोजेटिभ देखिएको संसद सचिवालय स्रोतले जानकारी दियो ।

बुधवार १२८ जना सांसदको कोरोना टेष्ट गरिएको थियो । त्यसमध्ये ४ सांसद र दुई कर्मचारीको रिपोर्ट पोजेटिभ आएको संसद् सचिवालय स्रोतले जानकारी दियो । 

सभामुख अग्नि सापकोटा र सचिवालयका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बिहीवार पनि अरू सांसदहरूको परीक्षण हुँदैछ । 

मन्त्रीहरू भानुभक्त ढकाल र जुली महतोलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वैशाख २७ गते शुरू हुने प्रतिनिधि सभाको अधिवेशनलाई लक्षित गरी सांसदहरूको कोरोना परीक्षण गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्